२०८३ जेष्ठ १३ गते बुधवार | 2026 May 27th Wednesday

मधेशमा भयो अर्को ठूलो खेल : भर्खरै शपथ लिएका प्रदेश प्रमुख को हुन् ?

काठमाडौँ। मधेश प्रदेशका नवनियुक्त प्रमुख सुरेन्द्र लाभ कर्णले पद तथा गोपनीयताको शपथ लिनुभएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उहाँले शपथ लिनुभएको हो।

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरेसहित संवैधानिक अङ्गका प्रमुख, उच्च पदस्थ अधिकारी र कूटनीतिक नियोगका प्रतिनिधिहरूको उपस्थिति थियो।

सरकारले पूर्व प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्दै कर्णलाई मधेश प्रदेशको प्रमुखमा नियुक्त गर्न सोमबार सिफारिस गरेको थियो। त्यसको आधारमा राष्ट्रपति पौडेलले नयाँ प्रदेश प्रमुखको रूपमा कर्णलाई नियुक्त गर्नुभएको हो।

नियुक्तिपछि उहाँले तत्कालै पद तथा गोपनीयताको शपथ लिनुभएको हो।

प्रकाशित मिति : २०८२ कार्तिक २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस