२०८३ असोज २३ गते शुक्रवार | 2026 October 9th Friday

विराटनगरमा महेश बस्नेतमाथि आक्र-मण प्रयास : समातिएका दुई जनाले बताए वास्तविकता, छैन जेनजीको भूमिका

विराटनगर । मोरङको विराटनगरमा महेश बस्नेत सवार गाडीमा रातो मसी छ्यापिएको घटनामा नेपाल विद्यार्थी संघ (नेविसंघ)का विद्यार्थी संलग्न भएको खुलेको छ।

आज बिहान बस्नेत सवार गाडी प्रहरी भ्यान पछिपछि गुडिरहेको अवस्थामा युवाहरूले सडक किनारबाट दगुर्दै गएर रातो मसी प्रहार गरेका थिए। बस्नेत सुनसरीको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन जाँदै थिए।

घटनापछि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा विराटनगर-२ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर-१ का २५ वर्षीय सन्जोग गौतम रहेका छन्। उनीहरू जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएका छन्।

गौतम नेपाल विद्यार्थी संघ मोरङका जिल्ला सदस्य हुन् भने अर्पित कुँवर पनि नेविसंघसँग संलग्न रहेको प्रहरीले जनाएको छ। नेता बस्नेतले यस घटनालाई ‘लोकतन्त्रमाथिको उपहास’ भनेका छन्।

बस्नेत सुनसरीको इटहरीमा पुग्दा जेनजीहरूले दुहबीमा पनि प्रदर्शन गरेका थिए।

प्रकाशित मिति : २०८२ मङ्सिर ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस