२०८३ असोज २२ गते बिहिवार | 2026 October 8th Thursday

सर्वोच्चबाट आयो ठूलो खबर : एमालेको रिटबारे हलचल मच्चाउने खुलासा

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन दर्ता भएको छ। एमाले नेताहरू महेश बर्तौला र सुनिता बरालले मंगलबार सर्वोच्चमा रिट पेश गरेका थिए।

सर्वोच्च प्रशासनका अनुसार निवेदन दर्ता भई मंसिर १७ गतेका लागि पेशी तोकिएको छ।

जेनजी आन्दोलनपछि प्रधानमन्त्री केपी शर्मा ओली सरकार छाड्न बाध्य भएका थिए। ओलीको राजीनामा पछि राष्ट्रपति रामचन्द्र पौडेलले आन्दोलनकारीको सिफारिसअनुसार २७ भदौमा सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री नियुक्त गरेका थिए।

कार्कीको सिफारिसमा प्रतिनिधिसभा भंग गरिएको थियो, तर एमालेले सो निर्णयलाई निरन्तर असंवैधानिक भनिरहेको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस