२०८३ असोज १९ गते सोमवार | 2026 October 5th Monday

चर्चित हास्य कलाकार सुमनको विवाह: दुलही को हुन्?

काठमाडौँ। चर्चित हास्य कलाकार सुमन कोइराला दुई वर्षको प्रेम सम्बन्धपछि वैवाहिक जीवनमा प्रवेश गरेका छन्।

उनले प्रेमिका शोभा गौलीसँग परम्परागत शैलीमा विवाह गरेका हुन्। विवाह समारोह पुरानो बानेश्वरको नेपाल आर्य समाज केन्द्रीय सभामा सम्पन्न भएको थियो।

विवाहमा दुवै परिवारका सदस्य र कमेडी च्याम्पियनका कलाकारहरूको उपस्थितिले खुशी थपेको थियो।

अहिले सामाजिक सञ्जालमा दम्पत्तिलाई बधाई र शुभकामना व्यक्त गर्ने क्रम जारी छ।

प्रकाशित मिति : २०८२ मङ्सिर ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस