२०८२ मङ्सिर २८ गते शनिवार | 2025 December 13th Saturday

कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलम रहेनन्

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमको मृत्यु भएको छ । कात्तिक दोस्रो सातादेखि उपचारका लागि काठमाडौं मेडिकल कलेज केएमसीमा रहेका उनको गएराति निधन भएको हो । मुटुमा समस्या देखिएपछि आलमलाई अस्पताल भर्ना गरिएको थियो। गत जेठमा नक्खु कारागारबाट छुटेलगतै पनि उनलाई ब्रेन स्ट्रोक भएको थियो ।

२०६४ सालको निर्वाचनको तयारी गरिरहँदा बम विस्फोट भएका घाइतेलाई इँटाभट्टामा जिउँदै जलाएको आरोप आलममाथि लागेको थियो ।

प्रकाशित मिति : २०८२ कार्तिक २३ गते शनिवार
प्रतिक्रिया दिनुहोस