२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

जेनजीका लागि कार्की सरकारले गर्‍यो ठूलो घोषणा

काठमाडौं। सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ।

गत भदौ २३ र २४ गते, राष्ट्रहित, सुशासन र भ्रष्टाचार नियन्त्रणका माग राख्दै जेनजीहरूले प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा काठमाडौंसहित मुलुकका विभिन्न भागमा मृत्यु भएका ४५ व्यक्तिहरूलाई सरकारले राज्यको तर्फबाट शहीद घोषणा गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले यसबारे जानकारी दिएका छन्।

प्रकाशित मिति : २०८२ कार्तिक १८ गते सोमवार
प्रतिक्रिया दिनुहोस