२०८३ असोज १९ गते सोमवार | 2026 October 5th Monday

नीर शाहको ‘परान’ हेर्नुभयो ? २१ दिनमै तोड्यो सबै रेकर्ड

काठमाडौं। नीर शाह स्टारर फिल्म ‘परान’ २०८२ सालको सबैभन्दा धेरै कमाउने नेपाली फिल्म बनेको छ।

प्रदर्शनको २१ औं दिन बिहीबार साँझ ६ बजेसम्म फिल्मले सिनेपाः बक्सअफिसमा १२ करोड ६६ लाख रुपैयाँ ग्रस कमाइसकेको छ। यो कमाइले अनमोल केसीको ‘जेरी अन टप’ (१२ करोड १४ लाख) लाई पनि उछिनेको छ।

दीपक आचार्य ‘काकु’ निर्देशित ‘परान’ आगामी सप्ताहन्तमै १४ करोडको आँकडा पार गर्ने प्रक्षेपण गरिएको छ। विकडेजमा पनि दैनिक ३० देखि ५० लाख कमाइ भइरहेकोले अनुमान झनै बलियो देखिएको छ।

मौखिक प्रचार (वर्ड अफ माउथ) निकै प्रभावशाली बनेको छ, जसले गर्दा ‘परान’को बक्सअफिस दौड अझै प्रबल भइरहेको छ। फिल्म छिट्टै अन्तर्राष्ट्रिय बजारमा पनि रिलिज हुने तयारीमा छ।

प्रकाशित मिति : २०८२ मङ्सिर ५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस