२०८३ असार १० गते बुधवार | 2026 June 24th Wednesday

गृहजिल्ला चितवनमै जनार्दन शर्माले प्रचण्डलाई दिए ठूलो झटका, राजनीति हलचल

काठमाडौं । चितवनमा माओवादी केन्द्र र एकीकृत समाजवादीबीचको एकताबाट अलगिएका पूर्व उपमहासचिव जनार्दन शर्माले आफ्नो राजनीतिक सक्रियता तीव्र पारेका छन्। उनले सञ्चालन गर्दै आएको प्रगतिशील राष्ट्रिय अभियान नेपालले आइतबार चितवन जिल्ला समिति घोषणा गरेको हो।

अभियानको चितवन संयोजकमा माओवादी केन्द्र बागमती प्रदेश सचिवालयका पूर्व सदस्य दिपक शाही चयन भएका छन्। अभियानमा प्रदेश सदस्य ऋषि चापागाईँ र भरतपुरकी उप–प्रमुख पवित्रा रिजाल पनि सक्रिय छन्। कार्यक्रममा केन्द्रीय प्रतिनिधिको रूपमा सुदर्शन पौडेल सहभागी रहे।

संयोजक शाहीले भ्रष्टाचार नियन्त्रण र सुशासन अभियानको प्रमुख एजेन्डा रहेको बताए। उनीहरूले नयाँ प्रकारको राजनीतिक दल निर्माण गर्दै नेतातन्त्रको अन्त्य गर्ने लक्ष्य अघि सारेका छन्।

प्रचण्डको गृह जिल्ला चितवनमै सक्रियता बढाउँदै जनार्दन शर्माले माओवादी केन्द्र र नयाँ एकीकृत पार्टीभन्दा अलग आफ्नो राजनीतिक उपस्थिति मजबुत बनाउन प्रयास गरिरहेका छन्।

प्रकाशित मिति : २०८२ मङ्सिर १ गते आइतवार
प्रतिक्रिया दिनुहोस