काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री सुशीला कार्कीलाई अदालतको अवहेलनामा किन कारबाही नगर्ने भन्नेबारे लिखित जवाफ पेस गर्न आदेश दिएको छ ।
राजदूत फिर्ताको निर्णयमा सर्वोच्चको आदेश कार्यान्वयन नगरेको आरोप लगाउँदै अधिवक्ता डा. प्रेमराज सिलवालले अवहेलनामा कारबाहीको माग गर्दै निवेदन दायर गरेका थिए ।
उक्त निवेदनको preliminary सुनुवाइपछि न्यायाधीश हरि फूयाल र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले प्रधानमन्त्री कार्कीबाट लिखित स्पष्टीकरण माग्ने आदेश जारी गरेको हो ।
प्रकाशित मिति : २०८२ मङ्सिर ८ गते आइतवार

