२०८३ असोज १९ गते सोमवार | 2026 October 5th Monday

गायिका नितु मृत्यु प्रकरण : सबैलाई झस्काउने गायक बाबुल गिरीबारे अदालतको आदेश

काठमाडौँ। आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ परेका चर्चित गायक तथा संगीतकार बाबुल गिरी धरौटीमा रिहा भएका छन्।

काठमाडौं जिल्ला अदालतले तीन लाख रुपैयाँ धरौटी तोकी उनलाई रिहा गर्ने आदेश दिएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार बाबुल बुधबार हिरासतबाट छुटेका हुन्।

यो घटना गायिका नितु पौडेल मृत भेटिनुपछि सुरुवात भएको थियो। प्रहरीका अनुसार नितु गिरीकै अनामनगरस्थित स्टुडियोमा आत्महत्या प्रयास गरेकी थिइन्।

पौडेलको परिवारले बताएको छ कि उनी र बाबुल प्रेम सम्बन्धमा थिए, तर बाबुलले विवाह गर्न नमानेपछि नितुले आत्महत्या गरेको अनुमान गरिएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस