२०८३ असोज १९ गते सोमवार | 2026 October 5th Monday

साम्राज्ञीको ‘गुप्चुप इन्गेज्मेन्ट’ : हुनेवाला श्रीमानबारे भयो ठूलो खुलासा, को हुन्?

काठमाडौं । अभिनेत्री साम्राज्ञी शाहले जन्मदिनकै दिन आफ्नो इन्गेजमेन्टको खबर सार्वजनिक गर्दै सबैलाई सरप्राइज दिएकी छिन्। उनले इन्स्टाग्राममा ‘S + B’ लेख्दै फियन्सेसँगको फोटो सेयर गरेकी हुन्, जहाँ युवकको अनुहार भने लुकेको छ।

जिज्ञासा बढिरहेकै बेला स्रोतहरूले पुष्टि गरेको छन्— साम्राज्ञीको फियन्से मोडल तथा अभिनेता विशाल खरेल हुन्। ‘प्रेम दिवस’ फिल्ममार्फत अभिनय यात्रा शुरू गरेका विशाल पाँच वर्षअघि परिवारसँग अमेरिकातिर बसेका छन् र उतै व्यवसाय गर्दै आएका छन्।

साम्राज्ञी र विशाल एक वर्षअघिका दुई म्युजिक भिडियो— ‘हारेँ हारेँ’ र ‘मालती’— मा सँगै देखिएका थिए। थाइल्याण्डमा छायांकन भएका यी भिडियोमार्फत दुवैबीच नजिकियाको सुरुवात भएको बताइन्छ। दुवैले आफ्नो सम्बन्ध एक वर्षसम्म गुपचुप राख्दै आएका थिए।

प्रकाशित मिति : २०८२ मङ्सिर ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस