२०८३ जेष्ठ १३ गते बुधवार | 2026 May 27th Wednesday

कार्की सरकारले समातेका कार्की को हुन् ? यस्तो छ विवादको जड

काठमाडौँ। नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई आइतबार साँझ पक्राउ गरेको हो।

सीआईबी प्रवक्ता शिव कुमार श्रेष्ठका अनुसार कार्कीलाई नेपाल ट्रस्टको नाममा रहेको दरबारमार्गस्थित जग्गा लिज सम्बन्धी सम्झौताबारे अनुसन्धान गर्न पक्राउ गरिएको हो।

सन्दर्भ अनुसार, नेपाल ट्रस्टको कार्यालय र थामशेर्कु ट्रेकिङबीच भएको लिज सम्झौतामा गलत तरिकाले कित्ता नं. ४६०५ समेत थप गरी ३ वर्षको निर्माण अवधि भएको जग्गा ३० वर्षको लिजमा दिने गरी कार्यालयलाई दीर्घकालिन आर्थिक हानि पुर्‍याइएको शंका छ।

कार्कीलाई अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट अनुमति लिइ अनुसन्धान सुरू गरिएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर १ गते आइतवार
प्रतिक्रिया दिनुहोस