२०८३ साउन २७ गते बुधवार | 2026 August 12th Wednesday

ठूलो संकटमा सबैलाई हसाउने खुइली : मध्यराति २ बजे सार्वजनिक भिडियोले सनसनी मच्चायो

काठमाडौं। सामाजिक सञ्जालमा सक्रिय रहँदै आएकी नविना सिलवाल (खुइली) ले आफ्ना सबै महत्वपूर्ण कागजात हराएको जानकारी दिएकी छन्। उनले राति करिब दुई बजे भिडियो सन्देशमार्फत नागरिकता, ड्राइभिङ लाइसेन्स, विभिन्न परिचयपत्र, बैंकिङ कागजात तथा लालपुर्जा समेत समावेश भएको फाइल ब्याग हराएको बताएकी हुन्।

उनका अनुसार करिब दुई महिनाअघिदेखि ती सबै कागजात एउटै फाइल ब्यागसहित हराएका छन्। कोठाबाट हराएको हो वा यात्रा गर्ने क्रममा छुटेको हो भन्ने विषयमा आफू अन्योलमा रहेको उनले बताएकी छन्। कागजात हराएपछि दैनिकी, कामकाज र जीविकोपार्जनसमेत प्रभावित भएको उनको भनाइ छ।

सिलवालले आफू ममी–ड्याडी नभएको कारण नागरिकता बनाउनै ठूलो संघर्ष गर्नुपरेको उल्लेख गर्दै उक्त नागरिकता र त्यससँग जोडिएका सबै कागजात हराउँदा गम्भीर मानसिक तनावमा परेको बताइन्। कागजातको अभावका कारण बैंकिङ कारोबारदेखि अन्य औपचारिक काम पूर्ण रूपमा रोकिएको उनको भनाइ छ।

उनले यदि कसैले ती कागजात भेट्टाएको वा राखिरहेको भए नजिकको प्रहरी चौकीमा बुझाइदिन वा आफूलाई प्रत्यक्ष सम्पर्क गर्न अनुरोध गरेकी छन्। साथै, उक्त भिडियो सकेसम्म धेरै सेयर गरी सहयोग गरिदिन सबैसँग अपिल पनि गरेकी छन्।

प्रकाशित मिति : २०८२ मङ्सिर ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस