२०८२ मङ्सिर १८ गते बुधवार | 2025 December 3rd Wednesday

एनपीएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल २२ औं खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दैछन् । यो खेल बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । दुवै टोलीले आफ्नो छैटौं खेल खेल्दैछन् ।

विराटनगरले यसअघिका पाँच खेलमध्ये चार खेल जितेको छ भने एउटा मात्रै खेल हारेको छ। विराटनगर ८ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा छ। लुम्बिनी लायन्सले भने पाँचमध्ये २ खेलमा मात्रै जित निकालेको छ। ४ अंक जोडेको लुम्बिनी लायन्स अंक तालिकाको छैटौं स्थानमा छ। लुम्बिनीका लागि आजको खेल जित्नुपर्ने दबाब छ ।

प्रकाशित मिति : २०८२ मङ्सिर १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस