२०८३ जेष्ठ १३ गते बुधवार | 2026 May 27th Wednesday

सर्वोच्चको झट्का : मुख्यमन्त्रीको आकस्मिक राजीनामा, अब के हुन्छ ?

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाउने निश्चित भएपछि बुधबार प्रदेश सभा बैठकमै पदबाट राजीनामा घोषणा गरेका छन्। सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि यादवले “मसँग बहुमत छैन, कुर्सीसँग मत माग्दिन” भन्दै पद त्यागेको घोषणा गरे।

नेपाली कांग्रेससहित सात दलले मुख्यमन्त्री बोल्न लाग्दा नै बैठक बहिष्कार गरेपछि यादवले आफूलाई सहयोग गरेको दलहरू नै निर्णायक क्षणमा साथ नदिएको आरोप लगाए। उनले छोटो अवधिमा बाध्यात्मक परिस्थितिमा मुख्यमन्त्री बने पनि जनतामा लोकप्रिय काम गरेको दाबी गरे।

उनका अनुसार मधेसकेन्द्रित दलहरूको अवसरवादी राजनीति र विगतका गतिविधिले प्रदेशको अर्थतन्त्र सङ्कुचित भएको छ, र आगामी निर्वाचनमा जनताले तिनीहरूलाई जवाफ दिनेछन्। उनले मधेसका जनताका पक्षमा दृढताका साथ उभिएको पनि पुनः दोहोर्याए।

प्रकाशित मिति : २०८२ मङ्सिर १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस