२०८३ जेष्ठ १३ गते बुधवार | 2026 May 27th Wednesday

प्रधानन्यायाधीशले के सोधेका थिए जसले रास्वपा समर्थक वकिल इजलासमै ढले

काठमाडौं । भदौ २४ गते सर्वोच्च अदालतमा आगलागी हुँदा सामाजिक सञ्जालमा खुशी व्यक्त गरेका अधिवक्ता सुलभ खरेल संवैधानिक इजलासकै कठोर प्रश्नहरू सामना गर्दै इजलासमै ढल्ने अवस्थामा पुगे।

एमालेले दायर गरेको संसद पुनःस्थापनासम्बन्धी रिटमा बहसका लागि पुगेका खरेलले परिचय दिनासाथै प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले उनलाई भदौ २४ को विवादित पोस्ट सम्झाउँदै कडा रूपमा प्रश्न सोधे।

प्रत्यक्षदर्शीका अनुसार राउतले अदालत र बार एसोसिएसन जलेको बेला खरेलले सामाजिक सञ्जालमा खुशी मनाएको प्रसंग उठाउँदै सोधे, ‘कानुन व्यवसायीको मर्यादा हुन्छ कि हुँदैन? अदालत जलेर खुसी हुनु पर्ने कारण के हो?’

यसपछि न्यायाधीश सपना प्रधान मल्लले पनि थप प्रश्न सोध्दै, न्यायाधीशलाई ‘झोले’ भन्ने, अदालत ‘जलाउनुपर्ने’ भन्ने खरेलकै अभिव्यक्ति उद्धृत गरिन्। लगातारको प्रश्नमा खरेल कापिँदै ढल्ने अवस्थामा पुगेपछि सुरक्षाकर्मीले बाहिर निकालेर पानी खुवाएका थिए।

उनलाई मुख्यरजिष्ट्रारको कक्षमा राखिएको र अस्पताल लैजाने तयारीसमेत भएको बताइयो। तत्कालीन विवादित पोस्टमा खरेलले सर्वोच्च अदालत जले पनि “एक रत्ती आँसु नआएको” र “न्यायालयको भविष्य आफूले लेख्ने” दाबी गरेका थिए।

प्रकाशित मिति : २०८२ मङ्सिर १८ गते बुधवार
प्रतिक्रिया दिनुहोस