२०८३ भाद्र ७ गते आइतवार | 2026 August 23rd Sunday

पाँचौँ पटक मन्त्रिपरिषद् विस्तार : कार्की सरकार १५ सदस्यीय बन्यो, कसले पाए कुन मन्त्रालय?

काठमाडौँ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि गठन भएको पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद् पाँचौँ पटक विस्तार भएको छ।

प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्रमन्त्री नियुक्त गरेका हुन्। यससँगै मन्त्रिपरिषद् १५ सदस्यीय बनेको छ।

जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको राजीनामा राष्ट्रपति पौडेलले तत्काल स्वीकृत गरेका थिए। हाल प्रधानमन्त्री कार्कीले रक्षामन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका छन्।

प्रकाशित मिति : २०८२ पुष ११ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस