२०८३ असोज २२ गते बिहिवार | 2026 October 8th Thursday

कार्की सरकारका लागि बढ्यो संकट : मिराजको जेनजी समूहले गर्‍यो नयाँ घोषणा (विज्ञप्तिसहित)

काठमाडौँ । माइतीघर मण्डलामा सम्पन्न संयुक्त जेनजी आन्दोलनको शान्तिपूर्ण प्रदर्शनमाथि सरकारको नेतृत्वमा भएको प्रहरी दमनप्रति आन्दोलनले गम्भीर आपत्ति जनाउँदै घोर भर्त्सना गरेको छ।

संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुंगाना र आन्दोलन कमाण्डर सुनिल सिंहद्वारा जारी विज्ञप्तिमा शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गर्दा आन्दोलनकारी घाइते भएको र केहीलाई अवैधानिक रूपमा नियन्त्रणमा लिइएको उल्लेख गरिएको छ। सामूहिक दबाबपछि नियन्त्रणमा लिइएकाहरूलाई रिहा गर्न बाध्य हुनुले सरकारको दमनकारी चरित्र उजागर भएको विज्ञप्तिमा भनिएको छ।

आन्दोलनका माग पूरा नभएसम्म संघर्ष अझ संगठित र सशक्त रूपमा जारी रहने जनाउँदै, संयुक्त जेनजी आन्दोलनले मंगलबार बिहान ११ बजे एकताबद्ध भएर शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ। डर, धम्की र दमनबाट विचलित नहुने चेतावनी पनि दिइएको छ।

601094277_1587424102449428_7051805902483467986_n

प्रकाशित मिति : २०८२ पुष ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस