२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

सुरु नहुँदै पतनतिर कुलमानको उज्यालो नेपाल पार्टी? महत्वपूर्ण नेतृको राजीनामाले बबाल

काठमाडौँ । उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिने घोषणा गरेकी छिन्। उनले सामाजिक सञ्जालमार्फत राजीनामाको जानकारी दिएकी हुन्।

हेटौंडामा भइरहेको सडक विस्तारका क्रममा बल प्रयोग भएको भन्दै उनले सरकारको कदमलाई मानव अधिकार विरोधी भनेकी छिन्। उक्त घटनाको विरोधस्वरूप आफ्नो नैतिकताले पार्टीमा बस्न नदिएको उल्लेख गर्दै उनले राजीनामा दिएको जनाएकी छन्।

‘म आजदेखि उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामा घोषणा गर्दछु। मेरो नैतिकताले दिएन, म हेटौंडा पीडितहरूको साथमा छु,’ उनले लेखेकी छन्।

प्रकाशित मिति : २०८२ मङ्सिर २१ गते शनिवार
प्रतिक्रिया दिनुहोस