२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

एलिजाले ऋषि धमलाको पार्टी छोडेर नयाँ पार्टी रोजिन्

काठमाडौँ । चर्चित कलाकार एलिजा गौतमले आम जनता पार्टी (आजपा)मा प्रवेश गरेकी छिन्।

काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बसेको आजपा केन्द्रीय कमिटीको बैठकमा सहभागी हुँदै उनले पार्टीमा औपचारिक रूपमा प्रवेश गरेकी हुन्।

गौतमले समाजसेवालाई निरन्तरता दिँदै राजनीतिमार्फत थप सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेकी छिन्। उनले आजपाले उठाउँदै आएको मुद्दा, नीति र विचार नेपाली जनताको हितमा रहेको पनि बताइन्।

उनी यसअघि ‘जनादेश पार्टी नेपाल’ मा थिइन्। सो पार्टीको संरक्षक पत्रकार ऋषि धमला रहेका थिए।

प्रकाशित मिति : २०८२ पुष ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस