२०८३ असोज २२ गते बिहिवार | 2026 October 8th Thursday

नख्खुमा रवि र सुदनको महत्वपूर्ण भेट, एक घण्टा के कुरा भयो ?

काठमाडौँ । नख्खु कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘राज्यले आफूमाथि प्रतिशोध साँधेको’ दाबी गरेका छन्। आज भेट्न पुगेका जेनजी अभियन्ता सुदन गुरुङसँगको चर्चामा लामिछानेले आफू अन्यायको शिकार भएको बताएका हुन्।

भेटपछि गुरुङले जानकारी दिँदै भने कि लामिछानेले जेनजी आन्दोलन र युवाहरूको अभियानमा रास्वपाको पूर्ण समर्थन रहने प्रतिबद्धता जनाएका छन्। उनका अनुसार, भेटमा मुख्यतः दुई विषयमा कुराकानी भयो। जेनजी आन्दोलनप्रतिको समर्थन र राज्यले आफूलाई टार्गेट गरेको भन्ने लामिछानेको गुनासो छ।

करीब एक घण्टा चलेको भेटमा समसामयिक राजनीति र वैकल्पिक शक्ति बीचको एकताको सम्भावनाबारे पनि छलफल भएको गुरुङले बताए।

लामिछानेका स्वकीय सचिव अविनाश आचार्यले भेटको वातावरण मात्र मिलाइदिएको तर कुराकानीमा आफू नसेरेको बताए।

प्रकाशित मिति : २०८२ मङ्सिर १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस