२०८३ जेष्ठ ३१ गते आइतवार | 2026 June 14th Sunday

एमालेमा ओलीलाई झट्का : यी चर्चित महिला नेतृहरू नै ईश्वरको पक्षमा खुले (नामसहित)

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनलाई लक्षित गर्दै पार्टीभित्र नेतृत्व परिवर्तनको बहस तीव्र बनेको छ। यसैक्रममा एमालेका महिला नेतृहरू वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको पक्षमा खुलेका छन्।

उपाध्यक्ष अष्टलक्ष्मी शाक्यसहित स्थायी कमिटी सदस्य डा.विन्दा पाण्डे तथा केन्द्रीय सदस्यहरू उषाकिरण तिम्सेना, शर्मिला कार्की, रचना खड्का र सरिता न्यौपानेलगायत नेतृहरूले पोखरेल समूहलाई समर्थन गर्ने घोषणा गरेका हुन्। उनीहरूले पोखरेलको नेतृत्वमा एमालेलाई लोकतान्त्रिक पद्धतिमा अघि बढाउन चाहेको बताएका छन्।

मंगलबार काठमाडौँको हार्दिक होटलमा आयोजित छलफल कार्यक्रममा नेतृहरूले हालका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वबाट विश्राम लिनुपर्ने सुझाव राखेका थिए। नेता पाण्डेले पार्टी र अध्यक्ष दुवैको छविको संरक्षणका लागि ओलीले सहज तवरबाट नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताइन्।

ईश्वर पोखरेलले आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा यसअघि नै गरिसकेका छन्।

प्रकाशित मिति : २०८२ मङ्सिर २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस