२०८३ असार ३२ गते बिहिवार | 2026 July 16th Thursday

भारतमा के गर्दैछन् दुर्गा प्रसाईं ?

काठमाडौं । सरकारले दुर्गा प्रसाईंलाई औपचारिक पत्र पठाएर मंसिर २२ मा वार्तामा आउन आग्रह गरेको छ। पत्रमा प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको हस्ताक्षर छ।

प्रसाईंको नेतृत्वको नागरिक बचाउ महाअभियानका प्रतिनिधिहरूले पत्र बुझिसकेका छन्। प्रसाईं हाल भारतको नयाँ दिल्लीमा रहेका छन् र बुधबार नेपाल फर्कने अनुमान छ।

साथै, प्रसाईंले १२ मंसिरमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग २७ बुँदे माग प्रस्तुत गरेका थिए। तीमध्ये केही माग संविधानसँग सम्बन्धित जटिल विषय भएकाले प्रधानमन्त्रीकै तहमा छलफल आवश्यक भएको बताइएको थियो। वार्ता अधिवक्ताद्वय विनोदमणि भट्टराई र लवन न्यौपानेले सहज बनाउनेछन्।

प्रकाशित मिति : २०८२ मङ्सिर १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस