२०८३ असार २५ गते बिहिवार | 2026 July 9th Thursday

राहदानी लिन लाइन बस्दा आजित भएर विभाग अगाडि नै पुरुषले पेट्रोल खन्याएर आफैंलाई लगाए आगो

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय अगाडि एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । आफ्नो शरीरमा पेट्रोलियम पदार्थ खन्याएर आगो लगाउँदै आत्मदाहको प्रयास भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए ।

घाइतेको उद्धार गरी अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ । राहदानी लिँदा हुने झमेला र झन्जटबाट आजित भएर यसो गरेका हुन् कि भन्ने आशंका छ ।

 

प्रकाशित मिति : २०८३ असार २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस