२०८३ असार २९ गते सोमवार | 2026 July 13th Monday

कांग्रेसबाट गगन–विश्वलाई गरिएको कारबाही खारेज

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवशेनले पदाधिकारीलाई कारबाही गर्ने पार्टी केन्द्रीय समितिको निर्णय खारेज गरेको छ। बुधबार भृकुटिमण्डपमा विशेष महाधिवशेनको बन्दसत्रको हलले महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी कारवाही गर्ने निर्णय खारेज गरेको हो।

कारबाहीको निर्णय भएपछि बन्दसत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले आफूहरूलाई निष्काशन गर्ने कांग्रेस पार्टी कसैको निजी कार्यालय नभएको बताए। उनले केहिदिनअघि विशेष महाधिवशेन सुरु हुँदै सभापति शेर बहादुर देउवा नेतृत्वको कार्यसमिति भंग भइसकेको र यसको जानकारी निर्वाचन आयोगमा जानकारी गराइसकेको बताए। उनले कांग्रेस पार्टी आफूहरुको भएकाले कसैले यसमा दावी गर्न नसक्ने स्पष्ट पारे। पार्टीको विधान अनुसार नै आफूहरु चलिरहेको भन्दै कारवाहीको निर्णयका कारण बिचलित नहुने नेता तथा कार्यकर्तालाई आग्रह गरे।

त्यस्तै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले पार्टी नेतृत्वलाई आफूलाई लागेको निर्णय गरेपनि पार्टीलाई अघि बढाउने काम अव विशेष महाधिवेशनको हलले गर्ने बताए। उनले विशेष महाधिवेशनले बनाउने कार्यसमितिलाई निर्वाचन आयोगमा लिएर जाने उल्लेख गरे। उनले पार्टीका बारेमा कुनै अन्यौलता नरहन आग्रह गरे। त्यस्तै कांग्रेसका नेता फरमुल्लाह मन्सुरले विशेष महाधिवेशनको निर्णयलाई कसैले रोक्न नसक्ने बताए। उनले अब पार्टी र देशको नेतृत्व गगन थापाले मात्रै गर्न सक्ने उल्लेख गरे।

Rare & Viral Moments from Nepali Congress Special Convention Closed Session

प्रकाशित मिति : २०८२ माघ १ गते बुधवार
प्रतिक्रिया दिनुहोस