काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ३ सय रुपैयाँले बढेर ३ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन तोलामा ३ लाख ९ हजार रुपैयाँ कायम भएको थियो । यस्तै मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ६ हजार ७६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर ६ हजार ८७० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।
महासंघका अनुसार मंगलबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ६५ हजार १७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ५ हजार ८९० रुपैयाँमा कारोबार भईरहेको छ ।
प्रकाशित मिति : २०८२ माघ १४ गते मङ्गलवार

