काठमाडौं । इलाममा शनिबार भूकम्पको धक्का महसुस गरिएको छ। बेलुका ६ः५० बजे ५ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । उक्त भूकम्पको केन्द्रविन्दु माईजोगमाई गाउँपालिकाको नयाँबजार आसपास रहेको केन्द्रले जानकारी गराएको छ । यसअघि, गएको पुस १९ गते उदयपुरमा ४.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको केन्द्रले जनाएको छ ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed