काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १५ सय रुपैयाँले घटेर ३ लाख ४ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन तोलामा ३ लाख एक हजार ९ सय रुपैयाँ कायम भएको थियो । यस्तै बुधबार चाँदीको मूल्य पनि घटेको छ । मंगलबार तोलामा ४ हजार ८८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर ४ हजार ८८० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।
प्रकाशित मिति : २०८२ फाल्गुन ६ गते बुधवार

