२०८२ फाल्गुन २३ गते शनिवार | 2026 March 7th Saturday

फेरि भर्खरै किन पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी तथा नागरिक अभियान्ता दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । उनलाई सोमबार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । अहिले उनलाई परिसर ल्याइएको एसपी भट्टराईले बताए ।

यसअघि उनी २३ माघमा काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ परेका थिए । लगत्तै उनी २५ माघमा हाजिरी जमानीमा छुटेका थिए । प्रहरी स्रोतका अनुसार, निर्वाचन बिथोल्ने अभिव्यक्ति दिएको आरोपमा प्रसाईंलाई पक्राउ गरिएको हो । उनले आफ्ना माग नगरे अनिश्चितकालिन नेपाल बन्द गर्ने अभिव्यक्ति दिँदै आएका थिए ।

 

प्रकाशित मिति : २०८२ फाल्गुन ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस