२०८३ बैशाख १७ गते बिहिवार | 2026 April 30th Thursday

निर्वाचन आयोगको अनुमान: ६५% भन्दा बढी मत खस्ने सम्भावना

प्रकाश काफ्ले/काठमाडौं।कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर मतदान उत्साहपूर्ण र शान्तिपूर्ण रुपमा जारी रहेको जानकारी दिएका छन्। मतदानपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, “७७ जिल्लामा मतदाताहरू सक्रिय सहभागी भइरहेका छन्। बिहान ७ बजेदेखि नै मतदान सुरुमै व्यवस्थित र सहज ढंगले भइरहेको छ। मतदान पाएपछि मत हाल्ने प्रक्रिया एक–दुई मिनेटमै सकिन्छ।”

आयोग प्रमुखले सबै मतदाता, राजनीतिक दल र उम्मेदवारलाई शान्तिपूर्ण र सकारात्मक मतदानमा सहकार्य गर्न आग्रह गरे।मतदान सकिएलगत्तै मतपेटिका सङ्कलन गरी मतगणना सुरु गरिनेछ भने प्रत्यक्ष निर्वाचनको नतिजा २४ घण्टाभित्र सार्वजनिक गर्ने प्रयास भइरहेको उनले बताए।

विशेष गरी युवाहरूको सहभागितालाई हेर्दा ६५ प्रतिशतभन्दा बढी मत खस्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस