२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

मतदातालाई दुर्व्यवहार गरेको आरोपमा रवि चुडाल पक्राउ

प्रकाश काफ्ले / काठमाडौं। मतदातामाथि गालीगलौज गरेको आरोपमा प्रहरीले रवि चुडाललाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार झापा–५ अन्तर्गत दमक क्षेत्रका मतदातालाई सामाजिक सञ्जाल तथा सार्वजनिक रूपमा अपमानजनक शब्द प्रयोग गरेको आरोप लागेपछि ४५ वर्षीय रवि चुडाललाई बिहीबार काठमाडौंबाट पक्राउ गरिएको हो।

उपत्यका अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार उनीविरुद्ध यसअघि पनि एक महिला पत्रकारलाई अपमानजनक भाषा प्रयोग गरेको आरोपमा पक्राउ पुर्जी जारी गरिएको थियो। सोही आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस