प्रकाश काफ्ले/काठमाडौँ । मुग्लिन सडकखण्डको तुइन खोला क्षेत्रमा सडक छेउमा फ्लड लाइट जडान गरिएको छ। रातको समयमा भिरबाट ढुंगा खस्ने जोखिम बढेपछि सवारी चालकलाई सचेत गराउन उक्त लाइट राखिएको हो। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहीबार भएको हिउँदे वर्षापछि तुइन खोला आसपासको सडकमा भिरबाट ढुंगा खस्न थालेको थियो। सम्भावित जोखिमलाई मध्यनजर गर्दै पुल नजिकै माथिबाट ढुंगा खस्न सक्ने स्थानमा राति पनि स्पष्ट देखिने गरी दुईवटा फ्लड लाइट जडान गरिएको हो।
यस क्षेत्रका कारण वर्षायाममा पहिरो खस्दा राजमार्ग लामो समयसम्म अवरुद्ध हुने गरेको थियो। सडक विभागले सवारी चालकलाई सतर्क रहन पनि आग्रह गरेको छ।
प्रकाशित मिति : २०८२ फाल्गुन ३० गते शनिवार

