२०८३ जेष्ठ १६ गते शनिवार | 2026 May 30th Saturday

प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा नराखेपछि सुरु गरे स्ववियु अध्यक्षले

प्रकाश काफ्ले / काठमाडौं । पछिल्लो समयमा भारत र चीनले लिपुलेकबाट व्यापार सम्झौता गरेपछि नेपालमा राष्ट्रवादी कुरा सतहमा आएको छ फलस्वरूप त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्ष दीपक जोशीले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राख्दै राष्ट्रवाद र विकास बहसलाई पुनः केन्द्रमा ल्याएका छन्। दार्चुला स्थायी घर भएका जोशीले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन शाह) ले कार्यभार सम्हालेलगत्तै आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेर सुरु गरेको राष्ट्रवादी सन्देशलाई समर्थनस्वरूप आफूले पनि त्यही कदम चालेको बताए।

जोशीका अनुसार लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्रहरू नेपालकै अभिन्न अंग हुन् भन्नेमा कुनै द्विविधा नभए पनि त्यहाँका नागरिकले राज्यको उपस्थितिलाई अझै भावनात्मक रूपमा महसुस गर्न नसकेको अवस्था रहेको छ। उनले सुदूरपश्चिमका विकट क्षेत्रहरूमा अझै पनि सडक तथा आधारभूत पूर्वाधार नपुगेकोप्रति चिन्ता व्यक्त गरे।

‘सुदूर अब दूर छैन’ भन्ने नारा व्यवहारमा पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै जोशीले आफ्नो कदमलाई केवल प्रतीकात्मक राष्ट्रवाद नभई राज्यलाई जिम्मेवार बनाउने प्रयासका रूपमा व्याख्या गरेका छन्।

स्मरणीय छ, मेयर बालेन शाहले पदभार सम्हालेपछि सुगौली सन्धिपूर्वको ‘ग्रेटर नेपाल’को नक्सा कार्यकक्षमा राख्दा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै चर्चा भएको थियो। तर बालेन्द्र शाह प्रधानमन्त्री भएपछि आफ्नै कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राख्न ढिलाइ भएपछि उनले आफैंबाट सुरु गरेका हुन्।

प्रकाशित मिति : २०८२ चैत्र १७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस