२०८३ जेष्ठ ९ गते शनिवार | 2026 May 23rd Saturday

गोकुल बास्कोटाको शेरबहादुर तामाङलाई कटाक्ष – “आफ्नो र श्रीमतीको पदका लागि पार्टी फुटाउने तपाईँ नै होइन?”

प्रकाश काफ्ले/काठमाडौं । गोकुलप्रसाद बाँस्कोटा ले सामाजिक सञ्जाल फेसबुकमार्फत शेरबहादुर तामाङ माथि कडा टिप्पणी गरेका छन्।

बास्कोटाले तामाङलाई “चरम अवसरवादी” भन्दै सार्वजनिक रूपमा आफूलाई गालीगलौज गरेको आरोप लगाएका छन्। उनले आफ्नो धारणा राख्दा तामाङले “कोदोबारी फाँडेझैँ” सार्वजनिक रूपमा आक्रमण गरेको उल्लेख गर्दै त्यसप्रति असन्तुष्टि जनाएका हुन्। फेसबुकमा प्रतिक्रिया दिँदै बास्कोटाले आफू तामाङजस्तो व्यक्तिगत स्वार्थका लागि पार्टी फुटाउने व्यक्ति नभएको दाबी गरेका छन्। “म तपाईं जस्तो आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि उडियात बढाउने र पार्टी फुटाउने पात्र होइन,” उनले लेखेका छन्।

दुवै नेता नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)भित्रकै भएकाले उनीहरूबीचको यो सार्वजनिक वाकयुद्धले पार्टीभित्रको आन्तरिक विवाद फेरि चर्चामा आएको छ।

प्रकाशित मिति : २०८२ फाल्गुन ३० गते शनिवार
प्रतिक्रिया दिनुहोस