२०८३ भाद्र ६ गते शनिवार | 2026 August 22nd Saturday

 युद्ध रोक्ने तयारीसँगै तेलको मूल्यमा भारी गिरावट

प्रकाश काफ्ले/काठमाडौं । मध्यपूर्वमा जारी तनाव कम हुने र युद्ध रोकिने तयारी सुरु भएसँगै आकाशिएको तेलको मूल्यमा गिरावट आएको छ। इरान र इजरायलबीचको युद्ध अब अन्तिम चरणमा पुगेको र यो युद्ध सोचेभन्दा चाँडै अन्त्य हुनसक्ने संकेत इजरायली प्रधानमन्त्रीले दिएपछि विश्व बजारमा तेलको मूल्य ओरालो लागेको हो।

युद्धका कारण प्रति ब्यारेल ११० डलर नाघेको कच्चा तेलको मूल्य अहिले करिब १० देखि ११ प्रतिशतले घटेर ८५ डलरको आसपासमा झरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि युद्ध अन्त्यका लागि पहल गरिरहेको र विभिन्न कूटनीतिक प्रयासहरू सफल हुन थालेको रिपोर्टहरू सार्वजनिक भएका छन्। ‘होर्मुज जलसन्धि’ (Strait of Hormuz) पुनः खुल्ने र तेल आपूर्ति सहज हुने अपेक्षाले विश्व अर्थतन्त्रमा राहत पुगेको छ। यद्यपि, अझै पनि पूर्ण शान्तिको सम्झौता नभइसकेकाले बजारमा केही उतारचढाव भने बाँकी नै छ।

प्रकाशित मिति : २०८२ चैत्र ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस