२०८३ असोज २१ गते बुधवार | 2026 October 7th Wednesday

काठमाडौं–३ मा रास्वपाका राजु पाण्डे विजयी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ३ बाट Raju Pandey विजयी भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार पाण्डेले १८ हजार ७५७ मत प्राप्त गर्दै जित हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी कुलमान घिसिङ ले ११ हजार १७१ मत प्राप्त गरेका छन्। काठमाडौं–३ मा खसेको कुल सदर मत ४१ हजार ९१९ रहेको थियो। मतगणनाको अन्तिम परिणामअनुसार पाण्डेले घिसिङलाई उल्लेखनीय मतान्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

 

 

 

प्रकाशित मिति : २०८२ फाल्गुन २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस