२०८३ बैशाख १७ गते बिहिवार | 2026 April 30th Thursday

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) भन्दा ठूलो हुने संकेत

प्रकाश काफ्ले/काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको मतगणनाका पछिल्ला अद्यावधिक नतिजाले नेपाली राजनीतिको शक्ति सन्तुलनमा परिवर्तनको संकेत देखाएको छ। हालसम्मको अपडेट अनुसार रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) विभिन्न निर्वाचन क्षेत्रमा सबैभन्दा धेरै अग्रता लिँदै अघि देखिएको छ भने परम्परागत दलहरूबीच कडा प्रतिस्पर्धा जारी छ। यसैबीच वामपन्थी शक्तिहरूको संयुक्त उपस्थिति बलियो देखिँदा नेपाली कम्युनिस्ट पार्टी भविष्यमा नेकपा एमाले भन्दा ठूलो राजनीतिक शक्ति बन्न सक्ने संकेत देखिएको विश्लेषण हुन थालेको छ।

उपलब्ध तथ्यांक अनुसार हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी ९१ क्षेत्रमा अग्रता सहित अगाडि छ र २ क्षेत्रमा विजय हासिल गरिसकेको छ। त्यसपछि नेपाली कांग्रेस ८ क्षेत्रमा अग्रता र १ क्षेत्रमा विजय सहित दोस्रो स्थानमा छ। त्यस्तै एमाले ७ क्षेत्रमा अग्रता लिए पनि अहिलेसम्म कुनै क्षेत्रमा जित हासिल गर्न सकेको छैन।

त्यसैगरी नेपाली कम्युनिस्ट पार्टी ८ क्षेत्रमा अग्रता लिँदै देखिएको छ, जुन संख्या एमालेको अग्रताभन्दा बढी भएकाले आगामी संसदमा वाम राजनीतिमा नयाँ शक्ति सन्तुलन बन्न सक्ने अनुमान गरिएको छ। यसबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टी १ क्षेत्रमा अग्रता लिइरहेको छ भने अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरू पनि केही क्षेत्रमा प्रतिस्पर्धामा छन्।

प्रकाशित मिति : २०८२ फाल्गुन २२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस