काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन ४ हजार ३ सय रुपैयाँले घटेर तोलामा २ लाख ९४ हजार ७ सय रुपैयाँ कायम भएको हो । बुधबार छापावाल सुन तोलामा २ लाख ९९ हजार रुपैयाँ थियो ।
त्यस्तै,बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार ५ हजार २५ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर ४ हजार ८७५ रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।
प्रकाशित मिति : २०८२ चैत्र २६ गते बिहिवार

