२०८३ जेष्ठ १२ गते मङ्गलवार | 2026 May 26th Tuesday

यस्तो छ आज सुन चाँदीको मूल्य

gold price

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर हुँदा चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा २ लाख ९४ हजार रुपैयाँ कायम भएको हो । बिहीबार पनि सुनको सोही मूल्य कायम थियो ।

शुक्रबार चाँदीको मूल्य भने बढेको छ । बिहीबार तोलामा ४ हजार ७८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार बढेर ४ हजार ८३० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

प्रकाशित मिति : २०८२ चैत्र २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस