२०८३ असार २८ गते आइतवार | 2026 July 12th Sunday

विष्णु पौडेलका लागि थप मुस्किल, सर्वोच्चले दियो यस्तो आदेश

काठमाडौं — सर्वोच्च अदालतले एमाले उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलसँग जोडिएको बन्दीप्रत्यक्षीकरण रिटमा आजपनि थुनामुक्त गर्न अस्वीकार गर्यो । बरु अभियोगमा शंका गर्दै विशेष अदालतबाट सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल झिकाउन आदेश दिएको छ।

न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको इजलासले रिटसँग सम्बन्धित तथ्य र प्रमाण अध्ययन गर्न सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी रहेको मुद्दाको सम्पूर्ण मिसिल माग गरेको हो। पौडेलकी श्रीमती दोमाया पौडेलले दायर गरेको रिटमा उठाइएका विषय र विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाबीच सम्बन्ध देखिएकाले न्यायिक निरूपणका लागि सक्कल मिसिल आवश्यक ठहर गरिएको सर्वोच्चले जनाएको छ। अब मिसिल सर्वोच्चमा पेश भएपछि रिटमाथिको थप सुनुवाइ र निर्णय प्रक्रिया अघि बढ्नेछ।

प्रकाशित मिति : २०८३ असार १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस