२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

सामाजिक सञ्जालमा नक्कली प्रोफाइल बनाई चरित्रहत्या गर्ने व्यक्ति पक्राउ

Cyber Crime Nepal

काठमाडौं । सामाजिक सञ्जालमा नक्कली प्रोफाइल बनाई चरित्रहत्या गरेको अभियोगमा पर्वत कुश्मा नगरपालिका-१४ स्थायी वतन भएका ४२ वर्षीय राम कुमार सुनारलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरूमा पीडितको तस्विर र नाम राखी नक्कली प्रोफाइल खोली अश्लील तस्विर तथा भिडियोहरूमा अनुहार जोडी दुःख, हैरानी तथा चरित्रहत्या गरेको भन्ने पीडितको उजुरीको आधारमा प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषणबाट सुनारको संलग्नता खुल्न आएपछि नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटी काठमाडौंबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा उनलाई पोखराबाट पक्राउ गरेको हो । उनीउपर विद्युतीय कारोबार ऐन, २०६३ अपराध अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट छ दिन म्याद थप भई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

 

प्रकाशित मिति : २०८० जेष्ठ ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस