२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

कोशी प्रदेशसभाको रोष्ट्रमबाटै एमालेले भन्यो, अध्यादेशबाटै बजेट आउँछ

Hikmat Karki

काठमाडौं । कोशी प्रदेशको सत्तारूढ दल नेकपा एमालेले प्रदेशसभाको रोष्ट्रमबाटै अध्यादेशबाट बजेट ल्याउने बताएको छ। बुधबारको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले पहिलो बैठकमा नीति तथा कार्यक्रम पेश गरेपछि दोस्रो बैठकमा बोल्दै एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले बजेट अध्यादेशबाटै ल्याउने बताउनुभयो ।

‘आज यहाँ बोल्ने विपक्षी सांसदहरूले नीति कार्यक्रम र बजेट दुवै फेल गर्ने बताउनुभयो। हामी त उहाँहरूले सहयोग गर्नुहुन्छ होला भनेर आज नीति कार्यक्रम र असार १ मा बजेट संसदमा पेश गर्ने तयारीमा थियौं। तर, अब फेल गर्छु भनेपछि अर्को संवैधानिक बाटोबाट बजेट त आउँछ,’ भण्डारीले भन्नुभयो ।

उहाँभन्दा अगाडि बोल्ने नेपाली कांग्रेसका केदार कार्की, नेकपा माओवादी केन्द्रका गणेश उप्रेती, नेकपा एकीकृत समाजवादीका राजेन्द्र राई लगायतका नेताहरूले मुख्यमन्त्री अल्पमतमा परिसकेको भन्दै पहिले विश्वासको मत लिएर मात्रै बजेट ल्याउन आग्रह गरेका थिए ।

प्रकाशित मिति : २०८० जेष्ठ ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस