२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

काठमाडौंसहित आसपासका जिल्लामा फेरि भूकम्पको धक्का

earthquake

५ कार्तिक, काठमाडौं । काठमाडौंसहित आसपासका जिल्लामा फेरि भूकम्पको धक्का महसुस भएको छ। आइतबार बिहानदेखि पटकपटक भूकम्प मापन भएको छ।

साँझ ५ः३४मा अर्को भूकम्प मापन भएको हो। त्‍यसअघि धादिङ केन्द्रविन्दु बनाएर अपराह्न ४ः०३ मिनेटमा ४.४ म्याग्नेच्युडको भूकम्प मापन भएको थियो। बिहान ७ः३९ मा ज्वालामुखी गाउँपालिका–५ खरी केन्द्रविन्दु बनाएर ६.१ म्याग्नेच्युडको भूकम्प गएको थियो।

८ः०८ बजे ४.२ म्याग्नेच्युड, ८ः२८ बजे ४.३ र ८ः५९ मिनेटमा ४.१ म्याग्नेच्युडको भूकम्प मापन भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार यो नयाँ भूकम्प नभई २०७२ वैशाख १२ गते उत्तरी गोरखाको बारपाक केन्द्रविन्दु गरी गएको भूकम्पकै परकम्पको निरन्तरता हो। यसले आइतबार धादिङमा १८ वटा घरमा क्षति पुर्‍याएको छ।

 

प्रकाशित मिति : २०८० कार्तिक ५ गते आइतवार
प्रतिक्रिया दिनुहोस