२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

अर्बपति मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की, २० करोड भारुको डिमाण्ड

Mukesh Ambani

मुम्बई । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की आएको छ । मुम्बई पुलिसका अनुसार एक अज्ञात व्यक्तिले इमेल मार्फत मुकेश अम्बानीलाई २० करोड भारतीय रुपैयाँ नतिरेको खण्डमा मार्ने बताएका हुन् ।’

यदि तपाईंले हामीलाई २० करोड रुपैयाँ दिनु भएन भने हामी तपाईंलाई मार्नेछौँ। हामीसँग भारतमा उत्कृष्ट शूटरहरू छन्,’ इमेलमा भनिएको छ। यो धम्की २७ अक्टोबरमा शादाब खान नामका व्यक्तिले पठाएका थिए । समाचार एजेन्सी एएनआईका अनुसार मुम्बई पुलिसले गादेवी पुलिस स्टेशनमा आईपीसीको धारा ३८७ र ५०६ (ई) अन्तर्गत मुद्दा दर्ता गरेको छ।’

मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की आएको यो पहिलो पटक भने होइन । गत वर्ष मुकेश अम्बानी र उनको परिवारलाई धम्की दिने बिहारका एक व्यक्तिलाई मुम्बई प्रहरीले पक्राउ गरेको थियो । उक्त व्यक्तिले मुकेश अम्बानीको घर र रिलायन्स फाउन्डेशन अस्पताल उडाउने धम्की दिएका थिए । यसअघि २०२१ मा अम्बानीको घर नजिकै विस्फोटक पदार्थले भरिएको एसयूभी भेटिएको थियो ।’

प्रकाशित मिति : २०८० कार्तिक १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस