२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

भोकाएको जङ्गली हात्तीले जब गाडीभित्र सूँड छिरायो

When the wild elephants poked their trunk inside the vehicle

काठमाडौं । राष्ट्रिय निकुञ्जमा एउटा जङ्गली हात्तीले त्यहाँ घुम्न गएका पर्यटकहरू चढेको गाडीको सिसा फुटाएर भित्र सूँड छिराएपछि उनीहरू स्तब्ध भए। त्यो हात्ती भोकाएको थियो र खानेकुराको खोजीमा थियो।

यो भिडिओको सुरुतिर श्रीलङ्काको याला राष्ट्रिय निकुञ्जभित्र एउटा हात्ती गाडीतिर लम्किएको देखिन्छ। त्यो गाडीमा अस्ट्रेलियाबाट बिदा मनाउन श्रीलङ्का आएका कसुन बस्नायक सपरिवार थिए। हात्तीले चालक बसेको ठाउँपट्टि भएको झ्यालबाट आफ्नो सूँड छिराएर खानेकुरा खोज्यो। केही रहलपहल भेटेपछि हात्तीले आफ्नो सूँड बाहिर निकाल्यो।

उक्त घटनामा कोही पनि घाइते नभएको बस्नायक परिवारले जनाएको छ। “हात्तीले हाम्रो खुट्टातिर सुँघेर खानेकुरा खोज्न थाल्यो अनि चालकले हामीलाई आफूसँग भएको खानेकुरा दिन भने। मैले मेरो छोराको रहलपहल खानेकुरा दिएँ,” कसुन बस्नायकले भने। “उनले बाँकी खानेकुरा झ्यालबाहिर फाल्न भने। मैले त्यसै गरेँ। चालकले त्यसपछि गाडी हुइँक्याए।…बाँकी भएको स्यान्डविच र चिपले सम्भवतः हाम्रो ज्यान जोगाए।”

 

प्रकाशित मिति : २०८० पुष ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस