२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

बम्जनका अनुयायीलाई सीआईबी कार्यालय नजिकबाट प्रहरीले हटायो

'Little Buddha' Bamjan, accused of murder, disappearance and rape in the guise of an ascetic, arrested

काठमाडौं । अनुयायी बेपत्ता पारेको आरोपमा पक्राउ परेका रामबहादुर बम्जनका समर्थकहरु केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको कार्यालय नजिक भेला भएका छन् । उनका समर्थकहरु ठूलो संख्यामा रहेकाले प्रहरी पनि उल्लेख्य संख्यामा परिचालन गरिएको छ ।

बमजनलाई भेट्न भन्दै बोधी श्रवण धर्म संघको नेतृत्वमा उनका अनुयायीहरु सीआईबी कार्यालयमा पुगेका छन् । प्रहरीले बमजनका अनुयायीहरुलाई सीआईबी आसपासबाट हटाएको छ । बमजनका समर्थकहरु सीआईबी कार्यालयमा भेला भएर भीडभाड भएपछि प्रहरीले रोकेको जनाएको छ । अत्यधिक भीडभाड भएपछि उनीहरुलाई प्रहरीले नजिकै रहेको कान्ति साँस्कृतिक केन्द्रको खाली ठाउँमा पठाएको छ ।

सो स्थानमा प्रहरी वृत्त प्रहरी महाराजगञ्जको टोली सहित उल्लेख्य संख्यामा प्रहरी परिचालित छन् । सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीले बमजनका अनुयायीहरुलाई सीआईबी कार्यालय आसपासबाट हटाइएको बताए । उनको बारेमा सीआईबीले पत्रकार सम्मेलन गरेर विस्तृतमा जानकारी दिने बताए ।

प्रकाशित मिति : २०८० पुष २५ गते बुधवार
प्रतिक्रिया दिनुहोस