२०८३ बैशाख १८ गते शुक्रवार | 2026 May 1st Friday

सर्लाही अदालतमा बम्जनको बयान सुरू

Bamjan's statement begins in Sarlahi court

मलंगवा (सर्लाही) । हत्या र यौन हिंसाका अभियुक्त रामबहादुर बम्जनको जिल्ला अदालत सर्लाहीमा बयान सुरू भएको छ । जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकाले निजलाई अदालतमा पेस गरिएको हो । न्यायाधीश विष्णु रेग्मीको इजलासमा बयान सुरू भएको स्रेस्तेदार सदन अधिकारीले बताए । बयानपश्चात थुछेक आदेश हुनेछ ।

हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई मंगलबार पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : २०८० पुष २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस