२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

बोक्सी आरोपमा कुटपिट गरी काकाको हत्या गर्ने दुईजना १५ बर्षपछि पक्राउ

6 people including inspector arrested from examination center in Rautahat

काठमाडौं । बोक्सी आरोपमा कुटपिट गरी हत्या गरेको पन्ध्र वर्ष पुरानो घटनामा दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रे रोशी गाउँपालिका–३ का ४४ वर्षीय टंकबहादुर मगर र ४२ वर्षीय सन्तबहादुर मगर रहेका छन्।

रोशी गाउँपालिका–३ का जनकबहादुर मगरलाई कुटपिट गरी हत्यापछि फरार भएका उनीहरूलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। पक्राउ परेका दुबै जनकबहादुरका भतिजा नाता पर्ने व्यक्ति हुन्। २०६५ साल असोज २९ गते जनकबहादुरको हत्या भएको थियो। हत्यापछि फरार रहेका दुबैलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि शुक्रबार जिल्ला अदालत काठमाडौंमा बुझाइएको कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मिलन केसीले बताए।

 

प्रकाशित मिति : २०८० माघ ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस