२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

माओवादी नेतृले ठमेलमा सञ्चालन गरेको होटल भियानाबाट ११ जना पक्राउ

11 people arrested from Hotel Vienna

काठमाडौं । ६१ किलो सुनकाण्डमा मुछिएका दावा छिरिङ र उनका पत्नी अमला रोकाको होटलमा प्रहरीले छापा मारेको छ । जिल्ला प्रहरी परिसर, टेकुको टोलीले विशेष सूचनाका आधारमा उनीहरुले सञ्चालन गरेको होटल भियनामा छापा मारेर ११ जना जुवाडेलाई पक्राउ गरेको एसएसपी भुपेन्द्र खत्रीले बताए ।

उनका अनुसार, होटलको कोठा नम्बर ६१२ मा जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त, लैनचौरबाट समेत खटिएको टोलीले जोरपाटीका अरुण घिमिरे, काभ्रेका हरिबोल खनाल, किशोर अधिकारी, चितवनका दिपक गुरुङ, नुवाकोटका कृष्णबहादुर राई, राजु पन्त शंकर शाही, रुपन्देहीका घनश्याम शर्मा, रोल्पाका लीला डाँगी, बाँकेका मेद्दनाथ बुचबन्दिया र गोरखाका अर्जुन गुरुङलाई पक्राउ गरेको छ ।

उनीहरुको साथबाट १३ लाख ६२ हजार ५ सय रुपैयाँ र ४ बुक तास बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुमाथि जुवा ऐन अनुसार कारबाही प्रक्रिया अघि बढ्नेछ । होटल सञ्चालक दावा अहिले पुर्पक्षका लागि थुनामा छन् भने उनकी पत्नी अमला फरार छन् ।

 

 

प्रकाशित मिति : २०८० माघ १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस