२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

तेस्रो पटक गर्भपतन गराउन नमान्दा कुटपिट गरि घरबाट निकालियो

रौतहट । रौतहटमा गर्भपतन गर्न नमान्दा एक महिलालाइ कुटपिट गरि घरबाट निकाला गरेको घटना बाहिरिएको छ । प्रेम बिबाह गरेकी स्थानीय परोहा नगरपालिका ७ नरकटिया टोलकी ३० वर्षीय महिलालाई पति, सासु, ससुरा, जेठान, देवर र नन्दले माइतीबाट घरमा जादा कुटपिट गरि घरमा प्रवेश गर्नबाट निषेध गरेपछि पीडितले प्रहरीमा घरेलु हिंसाको उजुरी दिएकी छिन् ।

२०७७ सालमा स्थानीय आलोक पटेलसँग प्रेम बिबाह गरेर घर भन्दा बाहिर बस्दै आएकी ३० वर्षीय किरण देवीले तेस्रो पटक गर्भवती भएपछी लोग्नेले गर्भ पतन गरे मात्र बिबाह दर्ता प्रमाण पत्र, नेपाली नागरिकता प्रमाण पत्र बनाई दिने भनेको र घरमा जादा कुटपिट गरेको पीडित महिलाले सुनाइन् । सञ्चारकर्मीसँग कुरा गर्दै पीडितले दुइ पटक गर्भ पतन गरिएको र तेस्रो पटक २ महिना गर्भ रहेको जानकारी गराउदै कानूनी रुपमा पत्नी बनाउन गर्भपतन गर्नु पर्ने अडान लोग्नेको रहेको बताए ।

गएको शुक्रवार घरमा जादा लोग्ने आलोक पटेल, ससुरा हरिन्दर पटेल, सासु कौशल्या देवी, जेठान राजु पटेल, सन्तोष पटेल, देवर छोटेलाल पटेल, नन्द पिंकी पटेल र रागनी कुमारी पटेलले सामूहिक रुपमा कुटपिट गरेको भिडियो आफूसँग रहेको बताएकी छिन् । प्रेम बिबाह गरेका लोग्ने आलोक पटेलले मसँग पटक पटक गरि १५ लाख रुपैया बैग उद्योग, घर निर्माण र झगडा मिलापत्रको लागि लिएको छ । उनले भनिन् अरुसँग ऋण लिएर सो रकम दिएको छु, थप रकम माग गर्दा दिन नसक्ने तथा लिएको ऋण तिर्नु पर्ने भन्दा लोग्नेले छोडेर अर्को बिहे गर्न लागेको उनको दुखेसो छ ।

पीडित महिलाले आफू प्रति अन्याय गर्नेलार्इ कानूनी कार्यवाही हुनु पर्ने माग समेत गरेकी छन् । पीडक माथि कार्यवाही गर्नको लागि जिल्ला प्रहरी कार्यालय रौतहटको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा उजुरी दिइएको पीडितले खुलाइन् । प्रहरीलेपनि उजुरी दर्ता भएको र पीडकलाई चाँडै पक्राउ गरेर कारबाही अघि बढाउने पुष्टि गरेको छ ।

 

प्रकाशित मिति : २०८० माघ २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस